भन्सार छलिका सामानसहित दुई जना पक्राउ
टीकापुर, फागुन ५
कञ्चनपुरमा भन्सार छलिका सामानसहित दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सिमानाका स्थित विभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ ल्याउदै गरेका कोकाकोला, डिउ, बोईलर कुखुरा, अण्डा, सुर्ति, साईकल र बच्चाका खेलौनागरि अन्दाजी रु. ३७ हजार तीन सय बराबरको सामान सहित २ जनालाई बिहीवार पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्




