Hamro Patra
दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङले नेपालको लगातार दोस्रो जित

टीकापुर, फागुन ५

त्रिदेशीय शृंखलामा नेपालले स्कटल्याण्डलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । आज त्रिवि मैदानमा भएको खेलमा स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको हो ।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको हो ।

यसअघि नेपालले घरेलु मैदानमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो। स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले १८ बलअगावै ७ विकेट गुमाएर भेट्टायो ।

छैटौँ विकेटका लागि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १ शय रनको साझेदारी गरेपछि नेपाल सहज जिततर्फ उन्मुख भएको थियो । कुशल मल्ल ८१ रनमा क्याच आउट भए । ६७ बलको सामना गरेका कुलशले ९ चौका र ४ छक्का हानेका थिए ।

आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका थिए । नेपालले २८ रनमात्र अतिरिक्त पाएको थियो । 

दीपेन्द्र ८५ र सोमपाल २४ रनमा नटआउट रहे । ११६ रनको सामना गरेका दीपेन्द्रले ८ चौका र १ छक्का हाने । सोमपालले ३२ बलमा ४ चौका हाने ।

ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के । ८ बलको सामना गरेका कुशलले ४ चौका हाने । गुलशन झा १८ रनमा आउट भए । आशिफ शेख ९, कप्तान रोहित पौडेल ६, सन्दीप जोरा ५ र ज्ञानेन्द्र मल्ल ४ रनमा पवेलियन फर्के ।

स्कटल्यान्डका क्रिस सोले र मार्क वाटले समान ३ विकेट लिए भने माइकल लिस्कले एक विकेट झारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ शय ७४ रनको योगफल तयार पारेको थियो ।

सातौँ विकेटका लागि माइकल लिस्क र ज्याक जेभिसले ८१ रनको साझेदारी गरेपछि स्कटल्यान्डले विशाल योगफल तयार पारेको थियो ।करियरको पहिलो शतक हान्ने क्रममा माइकलले ७९ बलमा ३ चौका र ९ छक्का हान्दै शतक पुरा गरे । माइकल १०७ रनमा नटआउट रहे ।

माइकलले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । २४.२ ओभरमा नेपाल १११-६ को अवस्थामा रहेको नेपालले सातौँ विकेटका लागि ८५ रन खर्चेको थियो ।

स्कटल्यान्डका ओपनर क्रिस्टोफर म्याकब्राइड २२ रन बनाउँदा कुशल मल्लको बलमा क्याच आउट भए । २९ बलको सामना गरेका उनले ३ चौका हाने । कप्तान रिची बेरिङटन २५ बलमा २ चौका र १ छक्का हान्दै १९ रनमा कुशल मल्लको बलमा आउट भए ।

थोमस म्याकिन्टोस १९ र म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे । ब्रान्डोन म्याकमुलर २२ रन जोड्दा सन्दीपको बलमा क्याच आउट भए । २६ बलको सामना गरेका उनले १ छक्का हाने । क्रिस ग्रेभ्स १६ रन जोड्दा कुशल भुर्तेलको बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए ।

ज्याक जर्भिस २६ रनमा दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट भए । मार्क वाट २० रनमा रन आउट भए । क्रिस सोले ५ रनमा क्याच आउट भए ।

नेपालका स्पिनर सन्दीपल लामिछाने एक्लैले ३ विकेट लिए । कुशल मल्लले २ विकेट झारे । कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरिले समान १ विकेट लिए ।

सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे । कुशल मल्लले ९ ओभरमा १ मेडन राखे । नेपालका लागि करण केसी घातक सावित भए । करणले ९ ओभरमा १ मेडन राख्दै ६८ रन खर्चे । सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update