Hamro Patra
सांसद अरुण चौधरी रिहा

टीकापुर, फागुन ७

कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्तिका नेता अरूण चौधरी आज रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा असल आचरण अर्न्तगत उनलाई कैदमाफि सहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् ।

कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी लगायत ४ जना आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update