Hamro Patra
दुई लाख बढी भन्सार छलीका सामान बरामद

टीकापुर, फागुन ७

कञ्चनपुर प्रहरीले दुई लाख बढी भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रहरीले जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १० काठेपुल नजिकैबाट दुई लाख चार हजार दुई सय ७० मुल्य बराबरका अबैध सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा राखिएका चप्पल, कपडा, हार्डवायरका सामान, बाईरिङका सामान तथा बिडी बरामद गरेको हो ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update