Hamro Patra
टिप्पर चालकको मृत्यु, सहचालक घाइते

टीकापुर, फागुन ७

दार्चुलामा एक जना टिप्पर चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

जिल्लाको मार्मा गाउँपालिका वडा नं. ३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनी टिप्पर चालक हुन् । त्यस्तै मार्मा गाउँपालिका वडा नं. ६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update