भोलि देशभर सार्वजनिक बिदा
टीकापुर, फागुन ८
सरकारले फागुन ९ गते मंगलबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ । शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निणर्य गरेको हो ।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो । एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्




