Hamro Patra
जोशीपुरलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण

टीकापुर, फागुन ८

कैलालीमा रहेको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण गरिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति ब्य्वस्थापन केन्द्र, सुदूरपश्चिम प्रदेशको बिशेष महत्त्वको रुपमा रहेको सिकलसेल एनिमिया को स्क्रिन कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य केन्द्रलाई एचपिएलसि मसिन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ प्रदीप मिश्राको प्रमुख उपस्थितिमा जोशीपुर गाउँपालिकाको प्रमुखलाई मसिन हस्तान्तरण गरिएको थियो ।

अब जोशीपुर गाउँपालिकाका बासिन्दालाई सिकलसेल जाँच गर्न धनगढी लगायत अन्य क्षेत्रमा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update