Hamro Patra
कृषि जैविक विविधता सन्तुलनका लागि जिन बैंक

टीकापुर, फागुन ८

कृषि जैविक विविधतालाई सन्तुलन राख्न किराहरुको महत्वपूर्ण भूमिका रहने भन्दै बाँकेमा किरासंरक्षण अभियानका लागि जिन बैंक सञ्चालनमा ल्याइएको छ। बाँकेको कोहलपुर नजिक गाभर सामुदायिक होमस्टेमा सामुदायिक जिन बैंक सञ्चालनमा आएपछि हराउदै गएका किराहरु देखिन थालेका छन् ।

नेपाल होमस्टे संघका महासचिव समेत रहनभएका कृष्ण चौधरीले गत बर्ष फागुनबाट सामुदायिक जिनबैंक सञ्चालनमा आएको बताए । उनले विश्वमा ३५ सय प्रजातिका किरा रहेको बताउँदै किरा संरक्षण भएन भने मानिसको आयू घट्दैजाने बताए ।

गाभर सामुदायिक होमस्टेमा किरालगायत छ वटा आनुवांशिक स्रोत संरक्षण गर्न थालिएको छ। २५ घर होमस्टे रहेको सो सामुदायिक होमस्टेमा घाँसेबाली, अन्नबाली, किरा, जलीय जिव, शुक्ष्म जिवाणुृ, पशुपंक्षी गरी ६ वटा अनुवांशिक स्रोत संरक्षणका लागि डेमोको रुपमा शुरुवात गरिएको चौधरीले बताए । अहिले गाभर भ्याली होमस्टेमा किराका लागि उचित बासस्थान, आहारका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ।

मानिसले प्रयोग गर्ने विषादी र रासायनिक मलका कारण धेरै लाभदायी किराहरु पृथ्वीबाट नै नष्ट हुँदै गइरहेका छन्। खेतबारीमा समेत उत्पादन क्षमता घट्दैगएको छ । वातावरण सन्तुलनका लागि किराको महत्वपूणर् भूमिका रहेकाले बिषादी प्रयोग गरेर किरा मार्न नहुने होमस्टे सञ्चालक चौधरीको भनाइ छ।

गाभर भ्याली होमस्टे अहिले यही नमुना कार्यले लोकप्रिय बन्दै गएको छ। करिब दुई जनालाई खानेबस्ने व्यवस्थासहित कार्यक्रम गर्न सभाहलको समेत व्यवस्था भएपछि औपचारिक कार्यक्रमका लागि होमस्टे रोजाइ बन्न थालेको छ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update