मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
टीकापुर, फागुन ८
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका ७१ वर्षीय ठग्न कठरियाको मृत्यु भएको हो ।
से.६ प ६२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कठरियाको आइतबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कठरियाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्




