६ लाख बढीका अवैध सामान बरामद
टीकापुर, फागुन ९
कञ्चनपुर प्रहरीले ६ लाख बढीका अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट कञ्चनपुर प्रहरीले ६ लाख २५ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको हो ।
भीमदत्त नगरपालिका वडा नं. ४ बसपार्कबाट तीन लाख ८० हजार मुल्य बराबरका भन्सार छलीका अवैध लेदरका बेल्ट ९५ थान र दुई लाख २५ हजार मुल्य बराबरका हुक्का फ्लेवर तम्बाखु ७५० प्याकेट बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरीले ती सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्




