हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु
टीकापुर, फागुन ११
कैलालीमा हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नं.९ बल्मिमा हायसले पैदल यात्रीलाई ठक्कर दिएको हो । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ६ का पैदल यात्री केहुँराम चौधरीको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ ।
कैलाली प्रहरीका अनुसार बिहीवार बिहान धनगढीबाट नेपालगंज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो। कैलालीको बल्मि क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्




