आजदेखि हात्तीपाइलेको औषधी खुवाइँदै
टीकापुर, फागुन ११
कैलालीमा आजदेखि ११औं चरणको हात्तीपाइलेको औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाइने सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आज ११ बजेदेखि औषधि खुवाइने स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मिनबहादुर धामीले बताए । कैलालीमा यो वर्ष १३ पालिकाको १२६ वडाका १४२ स्वास्थ्य संस्थाबाट औषधि खुवाइने फोकल पर्सन धामीले बताए । जिल्लाका ९ लाख २६ हजार ८८८ जनालाई औषधि खुवाउन पालिकाहरूले पालिका स्तरीय योजनाअनुसार काम गर्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्




