Hamro Patra
डुबेर एक जना पुरुषको  मृत्यु

टीकापुर, फागुन ११

दार्चुलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं.९ गोकुलेश्वरस्थित चौलानी नदीमा डुबेर बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. ५ देवगाउँका ६१ वर्षीय जय बहादुर नाथको बुधबार दिउँसो मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीटोलीले नदीमा बगिरहेका नाथलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको थियो ।

उनको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update