Hamro Patra
खोला तर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

टीकापुर, फागुन ११

बैतडीमा खोला तर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका वडा नं. ३ का ४८ वर्षिय कालुसिंह धामीको खोला तर्ने क्रममा चिप्लिएर मृत्यु भएको हो । खोला तर्दा चिप्लिएका धामीको ढुङ्गामा टाउको लागेको र घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको समूह भने घटना स्थल पुगेको छैन् ।

वडाकै डुडे मन्दिर नजिक रहेको खोला तर्नेक्रममा चिप्लिएर लडेका धामीको घटना स्थलमै मृत्यु भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update