Hamro Patra
सु.प. विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ८ मा हुने

टीकापुर, फागुन १२

सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन चैत ८ मा हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा चैत ८ मा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन गर्ने निणर्य गरेको हो ।

२०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए । विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको माग गर्दै आएका थिए । पाठकले विद्यार्थी संगठनहरूसँग छलफलपछि निर्वाचनको मिति घोषणा गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update