लागूऔषधसहित दुई युवक पक्राउ
टीकापुर, फागुन १२
कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका वडा नं. ९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइनसहित सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेको कैलाली प्रहरीले बताएको छ । प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट ६० मिलिग्राम खैरो हेरोइन फेलापारी पक्राउ गरेको जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्




