Hamro Patra
साथीसँग वनभोज गएका एक युवक मृत फेला

टीकापुर, फागुन १४

बैतडीमा साथीहरुसँग वनभोज गएका एक जना युवक मृत अवस्थामा भेटिएका छन् । बैतडी दशरथचन्द नगरपालिका वडा नं. १० खडेनी घर भएका जीवन बुडाल दशरथचन्द नगरपालिका वडा नं ६ चौलानी नदी किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

शनिवार दिउँसो साथीहरुसँग बनभोज गएका बुडाल शनिबार राति ९ बजे चौलानी नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका वडा नं. ६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म बनभोज खान गएको खबर आएको दशरथचन्द नगरपालिका वडा नं. ६, का वडा अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए । बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update