मह काढ्ने क्रममा लडेर मृत्यु
                        
                        
                                                
                                            
                                                                    परमानन्द पाण्डे
टीकापुर, ३ भदौ
कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ७ मा जंगली माहुरीको मह काढ्ने क्रममा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । 
 माहुरीको टोकाईबाट रुखबाट लडेर ज्यान जानेमा जानकी गाउँपालिका वडा नं. ९ अमरावतीका ३३ वर्षीय हिरो विष्ट रहेका छन् । 
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार जंगली माहुरीले टोकेर रुखबाट लडेका विष्टको टीकापुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 
 प्रहरी निरीक्षक दीपेन्द्र केसीले पाँच जनाको समूहमा जंगली माहुरीको मह काढ्न रुखमा चढेका उनलाई ओर्लिने क्रममा माहुरीले टोकेको थियो । माहुरीले टोकेपछि रुखबाट झरेका उनको शव पोष्टमार्टका लागि टीकापुर अस्पतालमा राखिएको छ । 
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १९:०७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
