कञ्चनपुरबाट धनगढी आउँदै गरेको हाइस दुर्घटना
टीकापुर, फागुन १४
कञ्चनपुरबाट कैलालीको धनगढी आउँदै गरेको हाइस दुर्घटना भएको छ । महेन्द्रनगरदेखि धनगढी आउँदै गरेको हाइस शुक्लाफाँटा वडा नं. ११ कलुवापुरमा दुर्घटना भएको हो ।
बा४ख २३०३ नम्बरको हाइस शुक्लाफाटा नगरपालिका वडा नं. ११ कलुवापुर नजिकै वाइरिङ्ग सर्ट्सर्किट भएर दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना सामान्य घाइते भएका छन् । थप विवरण संकलनको काम भइरहेको प्रहरीले बताएको छ ।
आज हाइस दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर हाइस दुर्घटना भएको बताएको छ ।
दुर्घटनामा ४ जना घाइते भएका छन् । उनीहरुमध्ये एक महिलाको अवस्था गम्भीर छ । हायसमा ६ जना सवार थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्




