Hamro Patra
चितुवाको हड्डीसहित दुई जना पक्राउ

टीकापुर, फागुन १४

डडेल्धुराबाट चितुवाको हड्डीसहित दुई जना पक्राउ परेका छन् ।

अमरगढी नगरपालिका वडा नं. ५ बागबजारबाट चितुवाको हड्डीसहित झाण्डै ४ किलो सहित दुई जनालाई शनिवारराति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका वडा नं. १० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका वडा नं. ७ का २७ वर्षीय बीरबहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चितुवाको हड्डीसहित दुबै जनालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update