Hamro Patra
करेन्ट लागेर एक युवकको मृत्यु

टीकापुर, फागुन १५

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नं. ६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर आइतबार मृत्यु भएको प्रहरीले बताएको छ । आफ्नै घर नजिक रहेको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update