Hamro Patra
जिप दुर्घटनामा एक जनाको मृत्यु

टीकापुर, फागुन १५

डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ३ मट्यौलामा सोमबार दिउसो जिप दुर्घटना भएको छ ।

म १ ज २३८ नम्बरको जिप दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भागेश्वर गाउँपालिका वडा नं. २ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो ।

जिपमा चालकसहित ११ जना यात्रु सवार थिए । केही यात्रु सामान्य घाइते छन् ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार सडकमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको थियो । जिपमा च्यापिएर तिरुवाको मृत्यु भएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update