फागुन २० भित्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह
टीकापुर, फागुन १५
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् ।
दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भएपछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि काठमाडौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्ता सँग भेट गरेका थिए तर विश्वासको मत पाउने सुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले विश्वासको मत लिन खोजेका हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १६:०२
प्रतिक्रिया दिनुहोस्




