लागुऔषधसहित एक जना पक्राउ
टीकापुर, फागुन १६
कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ९ त्रिबेणीघाटबाट अवैध लागूऔषधसहित २६ वर्षीय राजेश राना पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नं. ८ धनगढी गाउँका राना दुई ग्राम ३ सय ९० मिलिग्राम लागुऔषधसहित सोमबार साँझ पक्राउ परेको कैलाली प्रहरीले बताएको छ ।
अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट खटिएको संयुक्त प्रहरी टोलीले साइकलमा आउँदै गरेका रानालाई लागुऔषधसहित पक्राउ गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १४:०२
प्रतिक्रिया दिनुहोस्




