Hamro Patra
धनगढीका बैंक शाखाहरुमा तालाबन्दी

टीकापुर, फागुन १८

कैलालीका उद्योगी व्यवसायीले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका छन् । बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका हुन् ।

बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, जम्मा, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन् । उद्योगी व्यवसायीहरुले व्यवसायीमाथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गर लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले व्यवसायीहरु मर्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउन तर्फ मौन बसेको बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update