Hamro Patra
अनाथालयका प्रमुख कारागार चलान

कञ्चनपुर, फागुन १८

कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।

जिल्लाको भिमदत्त नगरपालिका-४ का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले बिगत १ बर्ष पहिलादेखि बालबालिकाहरु बिद्यालय गएको बेला अफिसमा पटकपटक बालिकाहरुलाई यौन दुब्र्यबहार, जबरजस्ती करणी गरी गर्भपतन समेत गर्ने गरेको खुलेको थियो ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुर मुद्वामा कञ्चनपुर जिल्ला अदालतले हिजो बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुरमा पुर्पक्षका लागि कारागार पठाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update