Hamro Patra
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

टीकापुर, फागुन १९

जिल्ला अदालत कैलालीले चोरी मुद्दा चलाई बाल सुधार गृहमा राख्न पठाएका एक फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालयले टीकापुर नगरपालिका वडा नं. १ गुम्बारोडमा रहेको ओम वचत तथा ऋण सहकारी संस्थामा तोडफोड गरी कम्प्युटर, प्रिन्टर र नगद रकम चोरी गर्ने कलम (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।

गत असोज ६ गते राति सहकारीमा चोरी गरेको भन्दै मुद्दा चलाइएका उनलाई अदालतले बाँकेको हिरमनिया बाल सुधार गृहमा पठाएको थियो ।फागुन १३ गते राति सुधार गृहको भेन्टिलेशन तोडफोड गरी फरार भएका थिए ।

सिद्धार्थ चोक टीकापुरबाट पक्राउ परेका उनलाई बाल सुधारगृह हिरमुनिया बाँकेमा पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update