लागुऔषधसहित एक महिला पक्राउ
टीकापुर, फागुन २१
कैलालीमा गोदावरी नगरपालिकाको अत्तरियामा किराना पसल सञ्चालन गर्दै आएकी एक महिला लागुऔषधसहित पक्राउ परेकी छन्।
गोदावरी नगरपालिका वडा नं. १ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन् ।
उनी ३१ ग्राम लागुऔषधसहित शनिबार साँझ पक्राउ परेकी हुन् । उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागुऔषधसहित उनलाई पक्राउ गरिएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्




