बदेलको आक्रमणबाट एक जनाको मृत्यु
टीकापुर, फागुन २२
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा बदेलको आतङ्क बढेको छ । बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणबाट मृत्यु भएको हो ।
पल्ले आइतबार बिहान खेतमा गोरु डोर्याउन गएको बेला बदेलको आक्रमणमा परेका थिए । डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए । बदेलको आक्रमणले पल्लेकोे ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १२:०३
प्रतिक्रिया दिनुहोस्




