Hamro Patra
अटो दुर्घटना हुँदा वृद्धाको मृत्यु

टीकापुर, फागुन २५

कैलालीको धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिकाको मिलचोकमा बिहिवार बिहानमोहनापुल-अत्तरिया ५ लेन सडकमा चौमालाबाट भीमबस्ति तर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ४ की ८५ वर्षिया तिलानन्द जोशीको मृत्यु भएको हो । कैलाली प्रहरीका अनुसार उनको धनगढीको माया मेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update