जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
टीकापुर, फागुन २५
कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नं. ७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १२:०३
प्रतिक्रिया दिनुहोस्




