लागूऔषधसहित एक युवक पक्राउ
टीकापुर, फागुन २६
धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
धनगढी वडा नं. ९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित उपमहानगरपालिका वडा नं. ८ धनगढी गाउँका २८ वर्षीय उमेश रानालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट जुगेडा र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १२:०३
प्रतिक्रिया दिनुहोस्




