Hamro Patra
रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निणर्य

टीकापुर, फागुन २६

नागरिक उन्मुक्ति पार्टीले आफ्नो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको छ ।

आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निणर्य गरेको नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update