श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार हुन उमेर बाधक
टीकापुर, फागुन २६
उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निणर्य गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार हुन उमेर बाधक बनेको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निणर्य गरेपनि उनलाई उमेर बाधक गरेको हो ।
उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि आवश्यक योग्यतामध्ये एक उमेर ४५ वर्ष पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर निर्वाचन आयोगका अनुसार उनको उमेर बल्ल ४० वर्ष पुगेको छ । आयोगमा उपलब्ध विवरण अनुसार श्रेष्ठ वि.सं.२०३९ सालमा जन्मिएकी हुन् ।
जसपाले बारा २ बाट प्रतिनिसधभामा निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १४:०३
प्रतिक्रिया दिनुहोस्




