स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
टीकापुर, फागुन २८
कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १० तिल्केनीमा से.६ प २६६४ नम्बरको स्कुटर दुर्घटना हुँदा वडा नं. ४ भगतपुरका आयुष केशीको मृत्यु भएको हो ।
स्कुटर अनियन्त्रित भइ शनिबार राति दुर्घटना भएको प्रहरीले बताएको छ । स्कुटरमा सवार पदम केसीका १४ वर्षीय छोरा आयुषको मृत्यु भएको छ।
दुर्घटनमा गम्भीर घाइते आयुष भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्




