Hamro Patra
ऐरमाथि भएको कुटपिट घट्ना प्रति पत्रकार महासंघको घोर भर्त्सना

टीकापुर, फागुन २८

धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि भएको कुटपिट घट्ना प्रति नेपाल पत्रकार महासङ्घले घोर भर्त्सना र निन्दा गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐरमाथि धारिलो बस्तुले टाउकोमा प्रहार गरिएको घट्ना प्रति महासङ्घले घोर निन्दा गरेको हो ।

’रेडियो धनगढी र धनगढी खबर डटकमका सम्वाददाता शेरबहादुर ऐरमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारमाथि भएको यस आक्रमणको महासंघ भर्त्सना र निन्दा प्रकट गर्दछ,’ पत्रकार महासङ्घका महासचिव रामसिंह ठगुन्नाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शनिवार राति अपरिचित अज्ञात व्यक्तिले उनीमाथि कुटपिट गर्दा उनको टाउकोको पछाडि पट्टी भागमा चोट लागेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update