ट्याक्टरमा च्यापिएर नाबालकको मृत्यु
टीकापुर, फागुन २९
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १३ मा ट्याक्टरले च्यापिएर एक नाबालकको ज्यान गएको छ ।
अलियास अन्सारीको घर अगाडी पार्किङ गरी राखेको सु.प.प्र.०१-००२ त ६४८४ नम्बरको ट्याक्टरले च्यापिएर तनवीर अन्सारीका डेढ वर्षीय छोरा हारिश अन्सारीको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालयले टीकापुरले दिएको जानकारी अनुसार चालक पर्शुराम चौधरीले पार्किङ् स्थलबाट चलाई बाहिर निकाल्ने हारिशको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते उनलाई उपचारका लागि टीकापुर अस्पतालमा पुर्याइएको थियो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्




