Hamro Patra
लागुऔषध खैरो हेरोइनसहित दुई पक्राउ

टीकापुर, चैत्र १

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले ब्लक नं. १८ का २२ वर्षीय बिक्रम चौधरी र वडा नं. २ राजीपुरका २४ वर्षीय अबिनाश चौधरीलाई १६० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ आँखा अस्पताल स्थित सडक खण्डमा बा ५४ प ४४८१ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update