Hamro Patra
सुदूरपश्चिम प्रदेश सरकारको महत्वपूर्ण निर्णय

धनगढी, चैत १
सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकले विभिन्न चारवटा निर्णय गरेको जानकारी दिएको छ ।

बैठकले सुदूरपश्चिम प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि २०७९ पास गर्नुका साथै बजेट सिलिङ कम्तिमा २५ लाख तोकेको छ ।

त्यस्तै बैठकले सुदूरपश्चिम प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि २०७९ स्विकृत गरेको छ । स्विकृत कार्यविधिको बजेट सिलिङ कम्तिमा ५० लाख बनाएको छ ।

दुईवटै निर्णयले उपभोक्ता समिति मार्फत गरिने टुक्रे योजनालाई निरुत्साहित गर्ने आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले जानकारी दिए । उनले प्रदेश सरकारले सकेसम्म टेण्डर प्रकृयता मार्फत विकास निर्माणका योजना अघि बढाउने बताए ।

त्यस्तै बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि दुईवटा कार्यदल गठन गर्ने निर्णय गरेको छ । डा. हेमराज पन्तको संयोजकत्वमा तीन सदस्यीय शिक्षा क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ ।

यसैगरी डा. गणेश बहादुर सिँहको संयोजकत्वमा तीन सदस्यीय स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । दुईवटै कार्यदलको समयावधि काम सुरु गरेको ३५ दिन तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update