लागूऔषधसहित ३ जना पक्राउ
टीकापुर, चैत्र २
कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ४ यातायात कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ५ का ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र धनगढी वडा नं. ११ का ३० वर्षीय देबेन्द्र खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १२:०३
प्रतिक्रिया दिनुहोस्




