ट्याक्टर दुर्घटना, चालकको मृत्यु
टीकापुर, चैत्र २
कैलालीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं.३ चौकिडाँडास्थित सडकमा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटना हुँदा ट्याक्टर चालक कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १२:०३
प्रतिक्रिया दिनुहोस्




