टीकापुर, चैत्र २
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरस्थित नेपाल विद्यार्थी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघ र युवा संगठन नेपाल तरुण दलको सहकार्यमा आज टीकापुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखामा सञ्चालित रक्त सञ्चार केन्द्रलाई रक्तदान कार्यक्रमबाट ६५ पिन्ट रगत संकलन गरिएको हो । रक्तदान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै काँग्रेस महासमिति सदस्य रामबहादुर भण्डारीले विद्यार्थी र तरुणहरुको सकारात्मक र रचनात्मक कार्यले समाजलाई ऊर्जा दिने बताए ।
‘रक्तदान जस्तो महत्वपूणर् कार्य सम्पन्न गरेकोमा निकै खुशी लागेको छ’ भण्डारीले भने ‘अबको समाज निर्माणका लागि युवाहरुको सकारात्मक र रचनात्मक क्रियाकलापले महत्वपूणर् भूमिका निर्वाह गर्दछ ।’ उनले हरेक क्षेत्रका युवाहरुले समाजका लागि रचनात्मक गतिविधि गर्नु आजको आवश्यकता रहेको बताए ।
नेविसंघका इकाई सभापति मिराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थी, तरुण दलका युवाहरुले रक्तदान गरेका हुन् । कार्यक्रममा तरुण दलका नेता निराजन शाह, मानस विष्ट लगायतको उपस्थिति रहेको थियो ।




