एक जना मृत फेला
टीकापुर, चैत्र ३
कैलालीमा एक जना मृत फेला परेका छन् ।
सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. ११ का ४५ वर्षीय रत्न बहादुर भुल बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारीस्थित नवदुर्गा सामुदायिक वनमा उनी मृत फेला परेको कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ ११:०३
प्रतिक्रिया दिनुहोस्




