धनगढीको आकाशमा बुद्ध एयरको ‘ट्रेनिङ फलाइट’
टीकापुर, चैत्र ३
धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को मारिरहेको छ । धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडेको उड्यै गरेको छ।
धनगढी विमानस्थल कार्यालयकाअनुसार बुद्ध एयरको जहाजले एयर होस्टेजलाई समेत बाहिर राखेर दुई जना पाइलट र एक जना कोपाइलटले जहाज उडाइरहेका हुन्। विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बुद्ध एयरले ट्रेनिङ फलाइट गरिरहेको बताए ।
यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका कारण यात्रुबिना नै पाइलटले कोपाइलटलाई प्रशिक्षण दिइरहेको उनले बताए । जहाज धनगढी बजार क्षेत्रमा फन्को मार्ने, विमानस्थलमा अवतरण गर्ने र उड्ने क्रम जारी छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्




