Hamro Patra
खानेपानी भर्न आधा घण्टा कुर्छन

टीकापुर, चैत्र ३

कञ्चनपुरमा खानेपानीमाको समस्या भएपछि स्थानिय चिन्तित बनेका छन् ।

जिल्लाको बेदको नगरपालिका वडा नं. २ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए । ‘यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार/पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन'।

उनले भने, खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल हुनेगरेको छ । उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए । खोलाबाट आएको दुई/तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए ।

जेठ/असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ, उनले भने पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ । ‘पानी भर्नका लागि यहाँ साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताए । पानीको अभावले खेतबारी सबै बाँझो छ गाईवस्तु पाल्न सकेका छैनौँ’ उनले भने, खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता । ‘उनले यहाँ मुक्तकमैया पुनस्र्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताए’ ।

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताईन् । हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ। उनले भनिन् ।

नजिकै खानेपानीको ट्याङ्की बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ । बेदकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए ।
रासस

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update