Hamro Patra
स्व.खड्ग साउँदको परिवारलाई सहयोग हस्तान्तरण

टीकापुर, चैत्र ४

कैलालीको टीकापुरका फुटबलका पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय खड्ग साउँदको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

हाल क्यानडामा रहेका युवा वैज्ञानिक डा.जितेन्द्र उपाध्याय, अमेरिका रहेका दीर्घराज बुढा, खगेन्द्र रावल र टीकापुरका टेकराज रेग्मीको पहलमा संकलित सहयोग रकम १ लाख १ हजार रुपैयाँ स्वर्गीय साउँदकी धर्मपत्नी सुनिता चपाई साउँदलाई हस्तान्तरण गरिएको हो ।

नेपालगञ्जमा बस्दै आएका साउँदलाई टीकापुर सरोकार समूहको पहलमा रेग्मीले घरमै पुगेर हस्तान्तरण गरेका हुन् । स्व. साउँदको उपचारका लागि अभियान चलिरहेका बेला उनको मृत्यु भएपश्चात् संकलन भएको उक्त रकम आज हस्तान्तरण गरिएको हो ।

‘स्व.साउँदलाई बचाउन सकिन्छ भन्दै उपचारकै क्रममा सहयोग रकम संकलनका लागि आव्हन गरेका थियौं’ डा.उपाध्यायले भने ‘उपचारकै क्रममा टीकापुरले होनहार युवा गुमाएपछि उनको बच्चाहरुको अध्ययनका लागि उक्त रकम प्रदान गरेका छौं, यसमा सहयोग गर्ने सबैलाई साधुवाद छ ।’

स्वर्गीय साउँदको उपराचारका क्रममा सहयोग गर्नेहरुको नाम टीकापुर सरोकार समूहको पेजमा राखिएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update