Hamro Patra
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

टीकापुर, चैत्र ६

कैलालीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको भजनी नगरपालिका वडा नं. ३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना भएको हो।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका वडा नं. १ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update