Hamro Patra
बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

टीकापुर, चैत्र ६

बर्दियामा बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । 

सामुदायिक वनमा दाउरा खोज्न गएका मधुवन नगरपालिका वडा नं. ५ की ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बुढाले जानकारी दिए ।

बिहान ११ बजे चिरौटे सामुदायिक वनमा दाउरा खोज्न निस्किएका उनीहरू दिउँसोसम्म पनि जंगलबाट नफर्केपछि परिवार, आफन्तले खोज तलास गर्न जादा जंगलमा शव फेला परेको थियो ।

मृतक दुई जनाको शव जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update