Hamro Patra
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, २८ जना घाइते

टीकापुर, चैत्र ७

कैलालीको जोशीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ हजारीबारामा सोमवार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले दिएको जानकारी अनुसार सुगरखालबाट भजनी नगरपालिका वडा नं. ९ कुणीतर्फ आइरहेको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भजनी नगरपालिका वडा नम्बर ९ की १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ट्याक्टरका चालक सुरज चौधरी भने फरार भएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update