Hamro Patra
भारतमा चरेससहित दुई नेपाली पक्राउ

टीकापुर, चैत्र ८

भारतमा चरेससहित दुई नेपाली पक्राउ परेको छन् । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका वडा नं. ६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका वडा नं. १ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो ।

प्रहरीले तीन किलो ६८० ग्राम चरेश सहित उनीहरूलाई सोमवार बेलुकी ७ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update